दफा ५९
नियम बनाउने अधिकार
(१) यस ऐनको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका विषयमा नियम बनाउन सकिनेछ:-

(क) खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन तथा व्यवस्थापन, (ख) स्वच्छ तथा गुणस्तरीय खानेपानी वितरण सम्बन्धी,

(ग) खानेपानी तथा सरसफाई: सेवाको अनुमतिपत्र तथा सर्वेक्षण अनुमतिपत्र दस्तुर, नवीकरण शुल्क: सम्बन्धी,

(घ) खानेपानी तथा सरसफाई सेवाको महसुल निर्धारण,

(ङ) धारा तथा मिटर जडान सम्बन्धी,

(च) ढल सेवाको शुल्क सम्बन्धी,

(छ) पानीको: थोक खरिद तथा बिक्री सम्बन्धी,

(ज) खानेपानीको गुणस्तर तथा मापदण्ड,

(झ) प्रयोगशालाको स्थापना तथा सञ्चालन सम्बन्धी,

(ज): खानेपानी निर्यात तथा व्यापार सम्बन्धी,

(ट) समन्वय समितिको काम कर्तव्य र अधिकार सम्बन्धी,

(छ) खानेपानी तथा सरसफाई सेवाको अनुगमन तथा नियमन, र

(ड) ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य विषयहरू।